हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
कास्की | साउन २६, २०८१
कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।
हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताउनुभयो । दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भन्नुभयो–हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न जरुरी छ ।”
निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताउनुभयो । नब्बे जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको बताउनुभयो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

